१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार एक सय रुपैयाँको नयाँ नोटको डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । एक सय रुपैयाँको नोटमा यसअघि नेपालको पुरानो नक्सा थियो ।

No comments: